• Wednesday 9th of September 2026

‘अनिवार्य मास्क प्रयोग गर्न आग्रह’


  • आशाका किरण
df:s v} < s~rgk'/, @^ c;f/ M s~rgk'/sf] eLdbQgu/df z'qmaf/ laxfg ;j{;fwf/0fnfO{ sf]/f]gf efO/; hf]lvd Go"gLs/0fsf nflu df:s nufpg cfu|x ub}{ 6«flkms k|x/L . ;/sf/n] df:s clgjfo{ ?kdf k|of]u ug{ b]ze/ ;s'{n/ hf/L u/]sf] 5 . t:jL/ M z]/axfb'/ l;+x÷ /f;;

जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा शुक्रबारदेखि सर्वसाधारणलाई अनिवार्यरुपमा मास्क लगाएर मात्रै बाहिर हिँडडुल गर्न आग्रह गरेको छ । यसका लागि कार्यालयले निगरानी समेत बढाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा ट्राफिक प्रहरी प्लेकार्डसहित बजार क्षेत्रमा सचेतना फैलाउँदै हिँडेको छन् । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारको निर्देशनअनुसार आफूहरु सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दैै हिँडेको उहाँको भनाइ छ । पाँच दिनअघि गृह मन्त्रालयले विनामास्क घर बाहिर निस्कनेलाई पक्राउ गर्नसमेत प्रहरीलाई निर्देशन दिइसकेको छ ।

“पहिलो चरणमा हामीले मास्क लगाउन आग्रह गर्दै सम्झाइरहेका छौँ”, उहाँले भन्नुभयो, “विस्तारै निगरानी र कारवाही अघि बढ्छ ।” विनामास्क घर बाहिर हिँडे सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ । प्रहरीले विनामास्क बजार क्षेत्रमा हिँडडुल गरेको पाइए कारवाही गर्ने तयारी गरिरहेको छ । “सवारीसाधन रोकेर मास्क लगाउनभन्दा धेरैले गोजीमा झोलामा राखेको भेटियो”, उहाँले भन्नुभयो, “मास्क आफँै स्वास्थ्य सुरक्षाका लागि हो भन्ने सोच्न सबैले आवश्यक छ ।” जिल्लामा पछिल्लो समय लकडाउन खुकुलो भएसँगै बजार क्षेत्रमा भीडभाड बढ्दै गइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij