• Saturday 25th of July 2026

नयाँ डाइर्भसन बनेपछि राजमार्ग सञ्चालन


  • आशाका किरण
8fOe;{g lgdf{0f ul/Fb} e/tk'/, @& c;f/ M k"jL{ gjnk/f;Lsf] u}F8fsf]6– ( y'D;Ldf af9Ln] aufPsf] 8fOe;{g lgdf0f ub{} gf/fo0fu9–a'6jn ;8sv08 lgdf{0fsf] lhDdf lnPsf] lrlgofF sDkgL rfOgf :6]6 sG:6«S;g . t:jL/M s[i0f cfrfo{ ÷/f;;

बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन भएको छ । नौ घण्टापछि नयाँ डाइर्भसन निर्माण भएपछि यातायात आवागमन सञ्चालन भएको हो । पूर्वी नवलपरासीको गैँडाकोट–९ थुम्सीस्थित खहरेखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आज बिहान ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । दिउँसो १ बजेबाट सडक सञ्चालन भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । बाटो बन्द भएपछि रोकिएका सवारी साधन गन्तव्यमा लागेका छन् ।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । सोही कम्पनीले नयाँ डाइभर्सन बनाएको हो । हाल गैँडाकोटबाट दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij