• Saturday 25th of July 2026

खसेको पहिरो पन्छाएपछि एकतर्फी सडक सञ्चालन


  • आशाका किरण

नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा आज बिहान ४ः२० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा बिहीबार राति ८ः४५ बजे पनि पहिरो खसेको थियो । राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij