• Saturday 25th of July 2026

इनरुवा नगरपालिकामा पुनः लकडाउन


  • आशाका किरण

सरकारले लकडाउनलाई खुला गर्ने निर्णय गरेपनि इनरुवा नगरपालिकामा पुनः लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका र उद्योग वाणिज्य सङ्घ इनरुवा सुनसरीसहित सरोकारवालाको बैठकले इनरुवामा आजदेखि पुनः लकडाउन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष वीरेन्द्रकुमार साहले बताउनुभयो । पिसीआर परीक्षणका क्रममा सुनसरीको इनरुवा घर भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै यहाँ पूर्णरूपले लकडाउन गरिएको हो ।

शुक्रबार साँझ सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालबाटै लागू हुने गरी इनरुवा क्षेत्रमा पूर्ण लकडाउन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । लकडाउनका कारणले इनरुवा बजार सुनसान देखिएको छ । इनरुवा–३ घर भएका व्यक्ति कार्यालय आउजाउका क्रममा परिवारसँगको सम्पर्कमा आएको आधारमा क्लोज कन्टयाक्टको अवस्था पहिचान गर्न थालिएको छ ।

परिवारसहित १२ जनाको ट्रेसिङ गरिएको र टे«सिङमा आएकाको स्वाब लिएर परीक्षण गरेको छ । विराटनगरमा गरिएको परीक्षणका क्रममा इनरुवा घर भएका पुरुषमा कोरोना सङ्क्रमण देखापरेको थियो । घर आउजाउ गरेको र छरछिमेकमा घुमफिर तथा बजारको विभिन्न पसलमा पुगेर सामानसमेत किनमेल गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij