• Tuesday 8th of September 2026

शौच गर्न घरबाट निस्किएकी युवती बलात्कृत


  • आशाका किरण

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार सोमबार राति क्षीरेश्वरनाथ नगरपालिका–३ मङ्गलपुर बस्ने १८ वर्षीया एक किशोरीमाथि बलात्कार भएको हो । राति १० बजे शौच गर्न घरबाट निस्केको मौका छोपी आफूलाई डर धाकधम्की दिएर क्षीरेश्वरनाथ नपा–३ मङ्गलपुर बस्ने २८ वर्षीया कलाम राइनले आफूलाई मङ्गलपुरको खुल्ला चउरमा लगेर बलात्कार गरेको पीडित किशोरीले बताइन् ।

निकैबेर राति घरबाट हराइरहेकी किशोरीलाई खोजी गर्ने क्रममा राति २ बजे स्थानीय बासिन्दाले राइनले खुल्ला चउरबाट किशोरीलाई घर पु¥याउन आउँदै गरेको अवस्थामा फेला पारेका थिए । स्थानीय बासिन्दा आउँदै गरेको देखेर किशोरीले रुदै चिच्याएर घटना सुनाएपछि केटालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगर इन्चार्ज प्रहरी निरीक्षक पप्पु नायकले बलात्कारको आरोपमा कलाम राइनलाई पक्राउ गरिएको बताउनुभयो । बलात्कृत किशोरी र आरोपित दुबै जनालाई प्रादेशिक अस्पताल जनकपुरमा आज स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij