• Saturday 25th of July 2026

झोलुङ्गे पुल निर्माण


  • आशाका किरण

महोत्तरी र सर्लाहीको सीमा भएर बग्ने बाँके खोलामा झोलुङ्गे पुल निर्माण भएपछि दुई जिल्लावासी लाभान्वित भएका छन् । सधैँ बाढी र वर्षाका कारण खोलामा पानी आउँदा आवागमन अवरुद्ध हुने भएपछि समस्या झेल्दै आएका महोत्तरी र सर्लाहीका बासिन्दाले बाँके खोलामा झोलुङ्गे पुल निर्माण भएपछि अब निर्बाध रुपमा आवतजावत गर्न पाएका छन् । दुई जिल्लाको सीमामै बग्ने बाँके खोलामा झोलुङ्गे पुल निर्माण भएपछि महोत्तरीको सोनमा गाउँपालिका र सम्सी गाउँपालिका तथा गौशाला नगरपालिका र सर्लाहीको हरिपूर्वा नगरपालिकाका गरी २० गाउँका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएको बताइएको छ ।

वर्षौदेखिको दुई जिल्लावासीको समस्याप्रति गम्भीर हुँदै सर्लाहीको हरिपूर्वा नगरपालिकाले बाँके खोलामा रु एक करोड ७३ लाखको लागतमा १७४ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको छ भने सो पुल गोरखा बाजिरो जेभी काठमाडौँले निर्माण गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij