• Saturday 25th of July 2026

पृथ्वी राजमार्ग अवरुद्ध


  • आशाका किरण

पृथ्वीराजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ८ः५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो । निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षा भइरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न सकिएको छैन । पहिरो पन्छ्याउन केही समय लाग्ने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij