• Tuesday 8th of September 2026

कालोपुलमा मोटरसाइकल दुर्घटनामा मृत्यु


  • आशाका किरण

काठमाडौँ महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij