• Saturday 25th of July 2026

नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालन


  • आशाका किरण

पहिराका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति ११ बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो । पहिरो हटाई आज बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले जानकारी दिनुभयो ।

थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र पूर्णरूपमा हटाई दुईतर्फी यातायात सञ्चालन गरिने उहाँले बताउनुभयो । सडक अवरुद्ध भएपछि काठमाडौँतर्फ धादिङको चरौँदी र चितवनतर्फ इच्छाकामना–३ फिस्लिङसम्म सवारी जाम हुन पुगेका थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij