• Saturday 25th of July 2026

बागलुङको नयाँ गन्तव्य ‘बुद्ध हिल’


  • आशाका किरण
a'4 cfsf/sf] kxf8 unsf]6, @% ;fpg M lhNnfsf] afun'ª gu/kflnsf–^ / & sf] l;dfgfdf /x]sf] a}/]gL kfvf]df eujfg uf}td a'4sf] cfs[lt b]lvg] 9'ªufsf] kxf8 . o; kxf8nfO{ k|rf/k|;f/ ug{sf nflu a'4 lxn gfds/0f ul/Psf] 5 . tl:j/ M v]d/fh uf}td÷ /f;;

गलकोट, २५ साउन (रासस) :पछिल्लो समय बागलुङ जिल्लामा नयाँ पर्यटकीय गन्तव्यको खोज, पहिचान र प्रर्वद्धनमा महत्वपूर्ण कदम चालिएको छ । यसै कदमअनुसार बागलुङमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । धार्मिक गन्तव्यका रुपमा चर्चा कमाउन सफल बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोट नजीकै एक आकर्षक पहाडको पर्यटकीय हिसाबले प्रचार थालिएको छ । त्यसलाई स्थानीय र पर्यटन अभियानकर्मीले ‘बुद्धको पहाड’ नामकरण गरेका छन् । प्राकृतिकरुपमा बागलुङ–६ र ७ को सिमानामा रहेको बैजनीको पाखामा शाक्यमुनिक गौतम बुद्धको स्पष्ट आकृति पहिचान भएपछि हालै मात्र ‘बुद्ध हिल’को पहिचानसमेत दिइएको छ ।

बैजनीको पाखामा ढुङ्गाको पूर्व फर्किएको पहाडलाई दायाँबाट देख्न सकिने सिद्धार्थ बुद्धको आकृति धार्मिक तथा प्राकृतिक हिसाबले निकै महत्वपूर्ण भएको जनाउँदै शनिबारदेखि प्रचारप्रसारसमेत थालिएको छ । बन्दाबन्दीका समयमा लामो पदयात्रा जानेक्रममा बैजनीको पाखामा तस्वीर खिंच्दै गर्दा उक्त ढुङ्गाको पहाडमा बुद्धको आकृति देखिएको घुमन्ते समूहमा आबद्ध बागलुङका युवा पर्यटन अभियानकर्मी खिमबहादुर क्षत्रीले बताउनुभयो । समुद्री सतहदेखि एक हजार ७७५ मिटरको उचाइमा रहेको उक्त पहाडको प्रर्बद्धन गरी पर्यटकको आर्कषण केन्द्रका रुपमा परिचित गराउन घुमन्ते समूहले स्वतः स्फूर्तरुपमा पहिचान तथा साङ्केतिक नामपाटी स्थापना गरिसकेको छ । “हामीले बन्दाबन्दीका समयमा घुम्न जाँदा बुद्धको आकृति फेला पारेका हाँै”, क्षत्रीले भन्नुभयो “यसको स्वतःस्फूर्तरुपमा पहिचान स्थापित गर्नका लागि स्थानीय जनप्रतिनिधिको सहयोगमा सूचना बोर्ड स्थापनासमेत गरेका छौँ ।”

चार वर्षदेखि पहिला स्वदेशका चार किल्ला अनि बाहिरी जिल्ला भन्ने अभियानअन्र्तगत विभिन्न पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रबद्र्धनका लागि काम गरिएको उहाँको भनाइ छ । बुद्धको आकृति यसअघि स्थानीयवासीले देखेका भए पनि अभियानका रुपमा चलाउन सकेका थिएनन् । पर्यटकीयस्थलको भ्रमण र प्रचारप्रसार गर्दै आएको घुमन्ते समूहले यसलाई प्रचारप्रसार गर्नका लागि अग्रसरता देखाएपछि वडा कार्यालयसमेत अभियानमा जोडिएको बागलुङ–६ का वडाध्यक्ष खिमराज सापकोटाले जानकारी दिनुभयो । पञ्चकोट घुम्न आएका पर्यटकलाई १० मिनेटको पैदल यात्रामार्फत यहाँ ल्याउन सकेमा पर्यटकीय हिसाबले गन्तव्यका रुपमा स्थापना गर्न सकिने सापकोटाको भनाइ छ । बागलुङदेखि धारापानी हुँदै कालीमाटी सडकबाट झण्डै १५ मिनेटको पैदल यात्रामा पुग्न सकिने ‘बुद्ध हिल’ धार्मिक तथा पर्यटकीय हिसाबसमेतले महत्वपूर्ण हुन सक्नेछ ।

वडा कार्यालयले आगामी वर्ष ‘बुद्ध हिल’ पुग्ने पदमार्ग, रेलिङलगायत आवश्यक पूर्वाधारमा लगानी गर्ने वडाध्यक्ष सापकोटाले बताउनुभयो । “चारपाँच वर्ष पहिला पर्यटन व्यवसायीले बुद्धको आकृति भएको बैरेनीको पाखो नजीकै जग्गा खोजेका समेत रहेछन्”, सापकोटाले भन्नुभयो, “यसको पहिचानपछि अहिले घुमन्तेको अग्रसरतामा प्रबद्र्धनको काम शुरु भएको छ ।” बागलुङ घुम्न आउने पर्यटकका लागि समेत नयाँ गन्तव्यका रुपमा यसलाई प्रबद्र्धन गर्न सकिने छ । पछिल्लो समय बागलुङमा विदेशी पर्यटकसमेतको आकर्षण बढ्दै गएको छ । धार्मिक गन्तव्यका लागि बुद्ध पहाड निकै महत्वपूर्ण हुन सक्ने होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो । बागलुङ बजारबाट निकै नजीक ‘बुद्ध हिल’को महत्व बढाउँदै लगेमा बागलुङको पर्यटन व्यवसायमा कोसेढुङ्गा सावित हुने विश्वका सबै राष्ट्रिय गान गाएर विश्व भ्रमणको अभियानमा रहनुभएका रामजी नेपालीले बताउनुभयो । ‘बुद्ध हिल’को प्रबद्र्धनका लागि नेपालीले ‘बागलुङ घुम्न आऊ बुद्ध हिलैमा’ भन्ने गीतसमेत सिर्जना गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij