• Friday 11th of September 2026

राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न स्थगित


  • आशाका किरण

कोभिड–१९ को प्रभावका कारण काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम अनिश्चित समयका लागि स्थगन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बुधबार सूचना जारी गरी कोरोना भाइरस प्रभावका कारण आजदेखि विवरण भर्ने काम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाउनुभएको हो ।

कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेको भन्दै राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने क्रममा डिजिटल दस्तखत, डिजिटल औँठा छाप र डिजिटल आइरिस लिने कार्य बन्द गरिएको हो । सो कार्यका लागि व्यक्ति स्वयंसँग कर्मचारी नजिकमा रहनुपर्ने र एक व्यक्तिबाट लिइएको डिजिटलाइज उपरोक्त कार्य डिस्इन्फेक्ट नगरी अर्को व्यक्तिले प्रयोग गर्दा सङ्क्रमणको जोखिम बढ्न सक्नेसमेत देखिएकाले सोबाट बच्नका लागि राष्ट्रिय परिचयपत्रका विवरण सङ्कलनसम्बन्धी सेवा प्रवाहलाई अर्को सूचना प्रकाशित नभएसम्मको लागि हाल स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताउनुभयो ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन विभागबाट भएको सो कामको लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले विवरण भर्नका लागि असार ३१ गतेबाट आवश्यक कक्षको व्यवस्थापन गरी काम शुरु गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij