• Saturday 25th of July 2026

लिदी गाउँका १३ घर पुरियो, १५ जना घाइते


  • आशाका किरण

अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो । पहिराले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको र उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीयवासी आशबहादुर तामाङले जानकारी दिनुभयो ।

पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको र कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिनुभयो । जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँदै गरेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij