• Saturday 25th of July 2026

जोखिम रहेको घर सेनाले भत्कायो


  • आशाका किरण

वर्षाका कारण जोखिममा परेको यहाँको एउटा घरलाई नेपाली सेनाले भत्काइदिएको छ । तानसेन नगरपालिका–६ बर्तुङस्थित पालेपिपलमा रहेको कृष्णप्रसाद भट्टराईको कच्ची घर नेपाली सेनाको टोलीले भत्काइएको हो । गोरख दल गण पाल्पाका सेनानी मनोज डङ्गोलको नेतृत्वमा वर्षाले घरको अगाडिको भाग भत्किएर जोखिममा रहेको घर पूर्णरुपमा भत्काइएको छ ।

घरमा रहेका सामान सुरक्षितसाथ निकालेर अन्यत्र व्यवस्थापन गरिएको छ । अगाडिको भाग भत्किएर जोखिम बनेको घर कुनै पनि समय अन्य भाग भत्कनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै घरधनी र तानसेन नगरपालिकाको सहमतिमा घर भत्काइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij