• Friday 11th of September 2026

गोपाल पाँडे असीम पुरस्कार प्रदान


  • आशाका किरण

नेपाल बाहिर रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान दिनुहुने म्यान्माका ज्ञानबहादुर थापा बगालेलाई यस वर्षको गोपाल पाँडे असीम पुरस्कार प्रदान गरिएको छ । नेपाली शिक्षा परिषद्को ७० औँ वार्षिकोत्सव, तथा संस्थापक गोपाल पाँडे असीमको १०८ औं जयन्तीका अवसरमा आज यहाँ आयोजित बेभिनार कार्यक्रममा विविध विधाका स्तरीय कृतिहरुको रचनाबाट नेपाली साहित्यको संवद्र्धनमा विशिष्ट योगदान पु¥याउनु हुने वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेलाई आदिकवि भानुभक्त पुरस्कारप्रदान गरिएको छ । सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लामो इतिहास बोकेको नेपाली शिक्षा परिषद्ले भाषा, साहित्यको उन्नतिका लागि गरेका कार्यको सह्राहना गर्नुभयो ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व बगालेले नेपाल बाहिर रहेर गरेको कार्यलाई मूल्याङ्कन गरी पुरस्कृत गरेकामा नेपालले म्यान्माका नेपाली भाषीहरुप्रति दर्शाएको सद्भाव र प्रेम झल्किनुका साथै मेरो साहित्य, संस्कृति र भाषा सेवाको यात्रामा अझ बढी ऊर्जा प्रदान गरेको उल्लेख गर्नुभयो । अर्का पुरस्कृत व्यक्तित्व चालिसेले नेपाली रचना केशर पढेर हामीले शब्द भण्डार बढायौँ, ह्रस्वदीर्घको सवाई पढेर व्याकरणलाई कण्ठकण्ठ ल्याउन पायौँ भन्नुहुँदै आफूलाई यो क्षणले सधैँ गौरवान्वित बनाउने छ भन्नुभयो ।

परिषद्का कार्यवाहक अध्यक्ष रमा शर्माले यसवर्ष २०११ सालदेखि परिषद्सँग आबद्ध ज्येष्ठ सदस्य तथा कोषाध्यक्ष भीमबहादुर अधिकारीज्यूको निधन भएकाले उहाँकै सम्मानमा भीमबहादुर अधिकारी विशेषाङ्क प्रकाशन गर्न लागिएको बताउनुभयो । कार्यक्रममा परिषद्का कोषाध्यक्ष शङ्करप्रसाद पाण्डे, सदस्यसचिव लक्ष्मण थापा र सदस्य किरण थापाले पनि असीमले नेपष्पाली साहित्वको विकासमा पु¥याउनुभएको योगदानका बारेमा बोल्नुभएको थियो । परिषद्को हाताभित्र स्थापित असीमको प्रतिमामा माल्यार्पण गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij