• Tuesday 8th of September 2026

शुल्क बुझाउन आग्रह


  • आशाका किरण

लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्नो आधार क्षेत्रमा सञ्चालन भएका होटल तथा लजलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । रसुवा , नुवाकोट एवं सिन्धुपाल्चोक जिल्लाका केही भूभागमा फैलिएको सो निकुञ्ज क्षेत्र अन्तर्गत लाङटाङ , गोसाइँकुण्ड र हेलम्बु लगायतका पदमार्गमा ४० वटा होटल तथा लज रहेका छन् । प्रमुख संरक्षण अधिकृत शुष्मा रानाले निकुञ्ज क्षेत्रमा सञ्चालन भएका होटल तथा लजका सञ्चालकलाई वार्षिक शुल्क बुझाउन आग्रह गरिएकोे जानकारी दिनुभयो । होटल सञ्चालनका लागि शुल्क निर्धारण गरि निकुञ्जले उपयुक्त स्थानका जमिन उपलब्ध गराएको र यसमा व्यवसायीले पूर्वाधार निर्माण गर्ने गरिएको बताइएको छ । आफ्नो कार्यक्षेत्रमा सञ्चालन भएका ५२ ओटा होटल लज मध्ये विसं २०७२ सालको बिनासकारि भूकम्पले १२ वटा पूर्ण क्षतिभइ सकेका छन् ।

चालिस वटा होटल सञ्चालनमा रहेपनि गत आर्थिक वर्षको असार मसान्त भित्र असुल गरि सक्नु पर्ने राजश्व कोभिड– १९ को असर देखाई व्यवसायीले दाखिला गर्न आनाकानी गरि रहेको निकुञ्जले जनाएको छ । हिमाली प्राकृतिक छटाको अवलोकन गर्न आउने पर्यटकका लागि एकातर्फ गुणस्तरीय बास र अर्काे तर्फ राजश्व बृद्विमा समेत टेवा पु-याउने उद्देश्यले निकुञ्जका आधार इलाकामा स्थानीय बासिन्दा मार्फत होटल लजको व्यवस्थापन गरिएको छ । निर्धारित रोयल्टी वापत बार्षिक शुल्क बुझाउन व्यवसायी अग्रसर नभएकै कारण ताकेता गर्नु परेको बताइएको छ । गत आर्थिक वर्ष र विगत सालको बक्यौता समेत करिव एक करोड रोयल्टी उड्न बाँकी रहेकोले छिटो भन्दा छिटो बुझाई जरिवानाबाट जोगिन सवै होटल तथा लज व्यवसायीलाई आग्रह गरिएको प्रमुख संरक्षण अधिकृत रानाले जानकारी दिनुभयो ।

व्यवसायीले भने कोभिड –१९ का कारण आन्तरिक एवं वाह्रय पर्यटकको आगमन नहुदाँ आफूले बैङ्क तथा वित्तीय संस्थाको ऋण लगानीबाट तयार गरिएको होटल तथा लज बन्द गरि राख्नु परेकोले रोयल्टी वापतको पुरै रकम मिनहा हुनुपर्ने माग राखेका छन् । सरकारको निर्णय बिना राजश्व रकम मिनहा नहुने निकुञ्जले स्पस्ट पार्दै यसको जानकारी व्यवसायीलाई समेत दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij