• Friday 24th of July 2026

चार जिल्लाको विद्युत् सेवा अवरुद्ध


  • आशाका किरण

बिहिबार दिउँसोदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण डोटीसहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत कार्यालय दिपायल पिपल्लाले जनाएको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु पूर्णरुपमा बन्द भएको त्रिवेणी एफएम डोटीका स्टेसन म्यानेर कर्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् नहुँदा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन्, नागरिकलाई समेत सूचना प्रवाह गर्न सकेका छैनौँ ।” उक्त प्रशासण केन्द्रका हाइटेन्टसनका पोलहरुमा बेलाबेलामा आउने खराबी तथा तार चुडिने गरेका कारण यहाँका पहाडी जिल्लामा पटकपटक विद्युत् सेवा अवद्ध हुँदै आएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि यहाँका ल्यान्डलाइन टेलीफोन सेवा र एडिएसएल सेवा पनि पूर्णरुपमा अवरुद्ध भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij