• Friday 24th of July 2026

कैलालीमा १६ लाखभन्दा बढी मोबाइलको डिस्प्लेसहित भारतीय नागरिकलाई पक्राउ


  • आशाका किरण

कैलालीमा रु १६ लाखभन्दा बढीको मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआईटी) समूह र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको संयुक्त प्रहरी टोलीले भारतको उत्तर प्रदेश घर भई हाल टीकापुर नगरपालिका–१ मा डेरा गरी बस्ने चाँद अलीलाई रु १६ लाख ८९ हजार ६०० बराबरको मोबाइलका डिस्प्लेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले आज जानकारी दिनुभयो ।

भारतीय नागरीक अलीको कोठाबाट अवैधरूपमा भन्सार छली ल्याएका विभिन्न कम्पनीका मोबाइलका डिस्प्ले फोल्डरहरु एक हजार २६७ थान फेला पारी बरामद गरिएको प्रहरी नायव उपरीक्षक विष्टले बताउनुभयो । मोबाइलका डिस्प्ले फोल्डरहरु र निज अलीलाई आवश्यक कारवाहीका लागि आजै मूल भन्सार कार्यालय सत्ती कैलालीमा पठाइएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij