• Friday 11th of September 2026

फल्स बटम बनाइ कपडामा करोडौँ छली, छविरुद्ध मुद्दा


  • आशाका किरण

भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) बनाइ रजनिशकुमार गुप्ता र राजेन्द्र थापासमेत ६ जनाले भन्सार चोरी पैठारी गरी राजस्व करोडौँको चुहावट गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ । उनीहरुमाथि रु तीन करोड १९ लाख ७७ हजार बराबरको राजस्व छली गरेको आरोप छ । उक्त रकम बराबरको बिगो कायम गरी बिगो असुल, जरिवाना र कैद सजायाको मागसहित राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा चलाएको आज एक विज्ञप्ति जारी गरी जनाएको छ । उनीहरुले फस्स बटम बनाई भारतीबाट कपडा लुकाई छिपाई ल्याई चोरी पैठारी गरी राजस्व चुहावट तथा छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । उनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ३ ले निषेधित गरेको दफा ४ को खण्ड (क), (ख), (छ) र (झ) बमोजिमको कसुरजन्य कार्य गरेको विभागले जनाएको छ ।

उक्त कार्यमा मालवस्तु ढुवानीकर्ता नेपाल लजिष्टिकका सञ्चालक राजेन्द्रप्रसाद गुप्ता र बरामद मालवस्तु भएको ट्रकका चालक सुनिल कुमारको हकमा बरामद मालवस्तुको मूल्य त्रिपन्न लाख उनान्तीस हजार बिगो कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) बमोजिम जरिवाना तथा कैद सजायको माग गरिएको छ । अन्य प्रतिवादीहरु बारा कलैया नगरपालिका–८ आदर्शटोल स्थायी ठेगाना भई काठमाडाँैमा कपडा पसल सञ्चालन गर्र्ने रञ्जितकुमार गुप्ता र सृजन शर्माको नाममा दर्ता भएको पशुपति ट्रान्र्सपोर्ट सोलुसनका भारतको दिल्ली घर भइ ललितपुर महानगरपालिकाको धोवीघाटमा बसोबास गर्दै आएका रजनिशकुमार गुप्ता र राजेन्द्र थापाले फल्स बटमभित्र लुकाई पठाएको मालवस्तुहरु व्यवस्थापन गर्न मुख्य भूमिका खेल्ने कार्य गरेका थिए ।

उनीहरुको हकमा बरामद विगोको अतिरिक्त उक्त ट्रकमा लुकाई छिपाई योभन्दा पहिला ५ पटक चोरी पैठारी गरी नेपाल ल्याई बिक्री वितरण गरेकोे मालवस्तुसहित भन्सार चोरी पैठारीअन्तरगत रु तीन करोड उन्नाइस लाख सतहत्तर हजार बिगो कायम गरी असुल उपर गरी सजायँको माग गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij