• Saturday 25th of July 2026

सुख्खा पहिराले पृथ्वी राजमार्ग अवरुद्ध


  • आशाका किरण

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुख्खा पहिरा खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । सडक भन्दा माथिको डाँडाबाट सुख्खा पहिरा खस्दा आज विहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरा हटाएर राजमार्ग सुचारु गराउन डेढ घण्टा लाग्ने कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “सुख्खा पहिराले राजमार्गमा ठूला ठूला ढुङ्गा खसेका छन् । यसलाई हटाउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij