• Saturday 12th of September 2026

चार अर्ब ४५ करोड रकम मुद्दती निक्षेपमा राख्दै नागरिक लगानी कोष


  • आशाका किरण

नागरिक लगानी कोषले एकैपटक रु साढे चार अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत ‘क’ वर्गका वाणिज्य बैंकमा उक्त परिमाणको रकम राख्न लागेको जनाएको हो । कोषको सूचनाअनुसार सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीका तर्फबाट जम्मा भएको तथा लगानीबाट प्राप्त भएको प्रतिफलको रु चार अर्ब ४५ करोड ५९ लाख ६० हजार मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।

कोषको सूचनामा भनिएको छ ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकमा एक वर्षदेखि दुई वर्षे मुद्दति निक्षेपमा लगानी गर्न लागिएको छ । कोषले बैंक तथा वित्तीय संस्थाबाट आफूले लिन चाहेको ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी सिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।

सूचनामा यही भदौ २१ गते दिउँसो २ बजेसम्म सिलबन्दी प्रस्ताव बुझाउन समय दिइएको छ । बैंक तथा वित्तीय संस्थामा हाल झण्डै रु दुई अर्ब बराबरको तरलता रहेको छ । बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपको सात प्रतिशतसम्म व्याज दिने गरेका छन् । बोलकबोलको प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाले कर्मचारी सञ्चय कोष जस्ता निकायको रकम मुद्दतीमा लिने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij