• Saturday 12th of September 2026

झड्पको घटनाप्रति दुःख व्यक्त


  • आशाका किरण

नेपाली काँग्रेस संसदीय दलले बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीयवासी र प्रहरीबीच भएको हिंसात्मक झडपको घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्तिमार्फत परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित सबै पक्षबीच आवश्यक समन्वयको अभावमा दुःखद परिस्थिति सिर्जना भएको उल्लेख गर्नुभएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दूरी कायमका साथै उच्च सतर्कता अपनाई रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता एवं संवादको माध्यमबाट सहमतिकै आधारमा निकास खोज्न काँग्रेस संसदीय दलले अपिल गरेको छ । साथै घटनामा घाइते हुनुभएका सम्पूर्ण व्यक्तिको शीघ्र स्वास्थ्यलाभको काम गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij