• Tuesday 8th of September 2026

गोकुल बास्कोटा जस्तो इमानदार नेता नेपालमा भेटिन्न : नेकपाका युवा नेता बच्चन सिंह


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपाका युवा नेता बच्चनबहादुर सिंहले पुर्व संचारमन्त्री गोकल बस्कोटा जस्तो इमानदार नेता नभएको बताएका छन् । आशाका किरण डट कमको भिडियो संवादमा प्रधान सम्पादक सुदर्शन बजगाईसंग कुरा गर्दै सिंहले सो कुरा बताएका हुन् ।

नैतिकता हरएको बेलामा आफुमाथी आरोप लाग्दा सहजै राजिनामा दिएर बास्कोटाले आफुलाई नैतिकवान नेताको रुपमा प्रस्तुत गरेको सिंहले बताए । फरक प्रसंगमा इश्वर पोखरेलको सम्धी हुनुपुर्व डा उपेन्द्र कोइराला प्राध्यापक एवम् डाक्टर भैसकेको र साबिकको नेकपा एमालेको संगठन निर्माणमा उनको ठूलो भुमिका रहेको समेत सिंहले बताए ।

तत्कालीन नेकपा एमालेको शक्तिशाली भातृ संहठन युवा संघ नेपालको सचिव रहेका सिंह नेकपाका अध्यक्ष केपी ओलीका विस्वास पात्र मानिन्छन् ।हेर्नुस बच्चन सिंहसंग आशाका किरण मिडियाका प्रधान सम्पादक सुदर्शन बजगाईले गरेको कुराकानीको पूरा भिडियो :

नेपाली इतिहासकै सफल प्रधानमन्त्री केपी ओलीको नाम गिनिज बुकमा लेखाउनुपर्छ : बच्चन सिंह – युवा नेता,नेकपा

युवा संघ नेपालका पुर्व सचिव एवम् नेकपाका युवा नेता बच्चनबहादुर सिंहले प्रधानमन्त्री केपी ओलीको गिनिज बुकमा नाम लेखाउनुपर्ने बताएका छन् । आशाका किरण मिडियाका प्रधान सम्पादक सुदर्शन बजगाईसंग कुरा गर्दै सिंहले सो बताएका हुन् ।

मृगौला प्रत्यारोपण गरेको १३ औं दिनदेखी १८ घन्टा दैनिक काम गर्ने प्रधानमन्त्री संसारमा बिरलै पाइने भएकाले उहाँको नाम रेकर्ड बुकमा लेखाउनुपर्ने सिंहले बताए |

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij