• Saturday 12th of September 2026

ब्राजिलमा कोभिडका सङ्क्रमित करिब ४१ लाख


  • आशाका किरण
(200821) -- SALE (MOROCCO), Aug. 21, 2020 (Xinhua) -- A medical worker collects a swab from a woman for a COVID-19 test in Sale, Morocco, on Aug. 21, 2020. Morocco on Friday reported 1,609 new COVID-19 cases, raising the total number of infections in the country since March 2 to 49,247. (Photo by Chadi/Xinhua)

२० भदौ (रासस÷एएनआई) : ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४१ लाख पुगेका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका ४० लाख ९१ हजार ८०१ जना संक्रमित भेटिएका छन् । गएको २४ घन्टाभित्र शुक्रबार यहाँ ५० हजार १६३ जना सङ्क्रमित भेटिएका यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । उक्त मन्त्रालयकाअनुसार कोरोना भाइरस संक्रमणबाट ब्राजिलमा १ लाख २५ हजारभन्दा बढीको ज्यान गएको छ ।

शुक्रबार मात्र यहाँ ८८८ जनाको ज्यान गएको थियो ।कोरोना भााइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा ब्राजिल अमेरिकापछिको दोस्रो देश हो । अमेरिकामा ६३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । अहिलेसम्म विश्वमा यो संक्रमणबाट २ करोड ६७ लाख मानिस संक्रमित भएका छन् भने ८ लाख ७९ हजारभन्दा बढीको ज्यान गएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij