सुदर्शन बजगाई,आशाका किरण समाचार । चाबाहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले SEE उतिर्ण विद्यार्थीको लागि ५० प्रतिशत कोरोना छात्रवृत्ति प्रदान गर्ने भएको छ । कोरोनाको कारण अभिभावकको कमाई नभएको र धेरै जस्तोको रोजगारी समेत गुम्ने भएकाले कोरोना छात्रवृत्ति योजना अघि सारेको मनास्लु वर्ल्ड कलेजका प्रधानाध्यापक राजन श्रेष्ठले बताए । कोभिड १९ ले सबैको आय घटाएकोले यस्तो खालको राहतको प्याकेज अभिवाकलाई ल्याएको श्रेष्ठको दाबी छ।
खेलाडीलाई पूर्ण छात्रवृति
मनास्लु वर्ल्ड कलेजले खेलाडीको लागि पुर्ण छात्रवृत्तिको प्रदान गर्ने भएको छ । फुटबल,बास्केटबल,भलीबल,कराते,ब्याडमिन्टन तेक्वान्दो लगाएतको खेलमा उत्कृष्ट रहेका विद्यार्थीलाई विज्ञान , म्यानेजमेन्ट,कानुन, मानविकी र शिक्षा संकायमा पुर्ण छात्रवृत्ति दिने तयारी रहेको मलास्लु कलेजका अध्यक्ष गेन्द्र लामाले बताए ।


अनुभवी दक्ष एवम् शैक्षिक क्षेत्रमा लामो समयदेखी कृयाशिल टिमले संचालन गर्न लागेको कलेज जिपिए ४ ल्याउनेहरुको समेत पहिलो रोजाईमा पर्न थालेको छ । जिपिए ४ ल्याउने विद्यार्थीको एउटा विज्ञान संकायमा सेक्सन पूरा भैइसकेको कलेजका प्रधानाध्यापक राजन श्रेष्ठले आशाका किरण मिडियालाई बताए ।
उत्कृष्ट भौतिक पुर्वाधार सहितको मनास्लु कलेजको उपस्थितले चाबहिल क्षेत्रलाई शैक्षिक हबको रुपमा विकास गर्ने विस्वास मनास्लु उद्धमशिल समुहले लिएको छ । कोभिड १९ का कारण विश्व अर्थतन्त्रनै तहस नहस भएको र नेपालमा स्कुल कलेज धरासायी भएको बेला ७ करोडको लगानीमा कोभिडकै बेलामा निर्माण सुरु गरेकोन्मनास्लु कलेजको निर्माण अनृम चरणमा पुगेको छ ।
उत्कृष्ट भौतिक पुर्वाधार सहित गुणस्तरिय एवम् युग सुहाउँदो शिक्षा प्रदान गर्ने उद्देश्यले कलेज स्थापना गरेको संचालकको दाबी छ । विश्व बजारसंग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने कलेजको लक्ष्य छ ।
