• Saturday 12th of September 2026

कमी आएन प्रसूति सेवा लिन आउनेको


  • आशाका किरण
Friendly female medicine doctor hands holding pregnant woman's hand lying in bed for encouragement, empathy, cheering and support while medical examination. New life of abortion concept

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा प्रसूति सेवा लिन आउनेको सङ्ख्यामा कमी आएको छैन । यातायातको असुबिधाका कारण नियमित परीक्षणका लागि आउनेको सङ्ख्यामा केही कमी भए पनि ‘सुत्केरी’ गराउनेको भने कमी आएको जनाइएको छ । दैनिक ६० देखि ७० जना सुत्केरी हुने गरेका अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताउनुभयो ।

तीमध्ये शल्यक्रियामार्फत सन्तानलाई जन्म दिनेको सङ्ख्या दैनिक २० देखि ३० जना रहेका छन् । उपत्यकाभित्र र उपत्यका बाहिरबाट पनि प्रसूति सेवाका लागि महिला अस्पतालमा आइरहेका छन् । कतिपय निजी अस्पतालले यस समयमा सजिलै भर्ना गर्न नमान्ने र कतिपय अस्पताल सिल भए पनि सो अस्पतालले अहिलेसम्म सेवा नियमित गरिरहेको छ । उहाँले भन्नुभयो, “सरकारी अस्पताल भएकाले जस्तोसुकै अवस्थामा सेवा पाइन्छ भन्ने नागरिकको विश्वास रहेको छ ।” अस्पतालमा सामान्य अवस्थाभन्दा नियमित गर्भवती जाँचका लागि आउनेको सङ्ख्या भने घटेको छ । अस्पतालमा एक महिनामा झण्डै छ हजार नियमित जाँचका लागि आउने गरेका छन् ।

यो सङ्ख्या बन्दाबन्दीको अवधिमा झण्डै ४० प्रतिशत कम थियो । उपत्यकामा निषेधाज्ञा जारी भएपछि अहिलेको आधा सङ्ख्यामा मात्रै जाँचका लागि आएको पाइएको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले गत चैतदेखि बन्दाबन्दी लागू गरे पनि गत वर्ष अघिल्ला वर्षहरुभन्दा बिरामीको चाप कम नभएको तथ्याङ्कले देखाएको छ । गत आवमा २२ हजार ४०० ले सेवा लिएका थिए । यो सङ्ख्या आव ०७५÷७६ मा २१ हजार ५०० थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij