• Friday 24th of July 2026

५२ प्रतिशत सङ्क्रमित होम आइसोलेशनमा


  • आशाका किरण

कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका सङ्क्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४५२ जना सक्रिय सङ्क्रमितमध्ये २३७ जना अर्थात ५२ प्रतिशत सङ्क्रमित घरमै आइसोलेशनमा बसेका जनाएको छ । महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार सक्रिय सङ्क्रमितमध्ये २१५ जना विभिन्न अस्पताल र स्थानीय तहद्वारा सञ्चालित आइसोलेशनमा बसेका छन् । सुर्खेतमा मात्रै २७३ जना मध्ये १६९ जना सक्रिय सङ्क्रमित घरमै रहेको पाइएको हो ।

यो ६२ प्रतिशत हुन आउँछ । सरकारले लक्षण नदेखिएका सङ्क्रमितलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर होम आइसोलेशनमा बस्न निर्देशन दिएपछि यो सङ्ख्या बढेको हो । अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा हेरचाहको कमी , पर्याप्त सेवा सुविधा नहुने हुँदा अधिकांश सङ्क्रमित घर तथा होटलमा बस्न चाहेको बताइएको छ । चिकित्सकहरु सङ्क्रमितलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राख्ने र आफैँ पनि अनुशासित भएर बसेमा होम आइसोलेशन सुरक्षित हुने बताउँछन् ।

यो पानो हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij