• Saturday 25th of July 2026

जीप दुर्घटना हुँदा दुई बालकको मृत्यु


  • आशाका किरण

मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नंको बोलेरो जीप आज दिउँसो दुर्घटना हुँदा दुबै बालकको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका राक्सिराङ गाउँपालिका–३ का २७ वर्षीय सुरज शाहीलाई थप उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । जीप चालक राक्सिराङ–५ का भीषण प्रजालाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij