• Thursday 29th of October 2026

कोरोना भाइरसका कारण बन्द रहेको फुुटसल आजदेखि सञ्चालनमा


  • आशाका किरण
bdf}nL, !! kmfu'g M km'6;n ;~rfng tgx'Fsf] Jof; gu/kflnsf–! s/ªsf7df :yfkgf ul/Psf] km'6;ndf v]Nb} afnaflnsf . :yfgLo kfFr hgf o'jfx?sf] ? Ps s/f]8 nufgLdf km'6;n ;~rfng ul/Psf] xf] . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ । फुटसल व्यवसायीहरुको छाता सङ्गठन नेपाल फुटसल सङ्घले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका कारण आजदेखि फुटसल सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ । नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायातलगायत भीडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेल र गतिविधि गर्न अझै अनुमति नदिएकाप्रति सङ्घको ध्यानाकर्षण भएको अध्यक्ष राज महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सङ्घले जिल्ला प्रशासन कार्यालयसित सावधानी अपनाएर खेल सञ्चालन गर्नका लागि अनुमति मागेको थियो । फुटसल सञ्चालकले आर्थिक सङ्कट बेहोर्नुपरेकाले कोरोनाबाट जोगिने गरी पुनः सञ्चालन गर्ने निर्णयमा सङ्घ पुगेको अध्यक्ष महर्जनको भनाइ छ । सङ्घले एक पटकमा १० जनालाई मात्र खेल्न अनुमति दिने निर्णय गरेको उहाँले बताउनुभयो । विश्व स्वाथ्य सङ्गठनको मापदण्डअनुसार फुटसल सञ्चालन गरिने सङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij