• Saturday 25th of July 2026

गोठ पुरिँदा बेपत्ताको शव फेला


  • आशाका किरण

अविरल वर्षापछि गोठ भत्केर काठेखोला गाउँपालिका–२ भीमापोखरामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बुधबार साँझ गोठमाथिबाट आएको पहिरोले भीमापोखराको बास्बोट भन्ने स्थानका ५४ वर्षीय टेकबहादुर खातीलाई बेपत्ता बनाएको थियो । आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले पहिरो पन्छाएर खोजी गर्दा उहाँको शव फेला परेको प्रहरी निरीक्षक दीपक रेग्मीले बताउनुभयो । ढुङ्गामाटोको गोठ अचानक बुधबार साँझ भत्केको हो ।

गोठ भत्केको थाहा पाएपछि अक्षेतेस्थित प्रहरी चौकीका सहायक निरीक्षक विनय रेग्मीको नेतृत्व टोली बुधबार साँझनै घटनास्थल पुगेको थियो । आज जिल्लाको उद्धार टोली पुगेपछि मात्रै खातीको शव फेला परेको हो । गोठमा एक भैँसीसहित अन्य चौपाया पनि मरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij