• Saturday 25th of July 2026

नारायणी नदीमा आएको बाढीले बगायो केटो


  • आशाका किरण

नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ । निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट नदीले केटोलाई बगाएको हो । निकुञ्जका सहायक सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान करिब तीन वर्षको केटोलाई नदीले बगाएको हो । “निकुञ्जको दूर्गम क्षेत्रबाट( कोर एरिया) आज बिहान गैँडाकोट बच्चालाई बगाएको छ” उहाँले भन्नुभयो, “केटोलाई बगाएपछि हामीले उद्धार गर्न अथक प्रयास ग-र्यौँतर सफलता मिलेन सकेनौँ ।” नदीको बाढीले केटोलाई बगाएर भारत पु-याएको उहाँले जानकारी दिनुभयो ।

केटोलाई भारत पु¥याएपछि वाल्मीकि टाइगर रिजर्वका पदाधिकारीसँग समन्वय गरेर केटोको खोजी कार्य जारी राखिएको उहाँको भनाइ छ । “अहिलेसम्म केटोको अवस्था जानकारी पाउन सकिएको छैन” उहाँले भन्नुभयो, “केटो भेटिएपछि खबर गर्न भनेका छौँ ।” यस आर्थिक वर्षमा यस अघि आएको बाढीले बगाउँदा एउटा गैँडाको बच्चा मृतावस्थामा फेला परेको थियो । विसं २०७४ सालको साउनमा आएको बाढीमा बगेर निकुञ्जका गैँडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए । निकुञ्जले यसरी बगेका र ज्यूँदै रहेका १३ वटा गैँडा उद्धार गरेर चितवन नै ल्याएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij