• Saturday 25th of July 2026

बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु


  • आशाका किरण

बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले बताउनुभयो । उहाँसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएका छन ।

यो पनि हेर्नुहोस : 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij