• Friday 24th of July 2026

स्रोत नखुलेको २६ लाखसहित दुई जना पक्राउ


  • आशाका किरण

काठमाडौँ, २२ कात्तिक : काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद रु २६ लाख ५७ हजारसहित दुई जनालाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया गेरूवा गाउँपालिका–२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौँ महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई सो रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत अवस्थामा फेला

यसैबीच काठमाडौँ महानगरपालिका–११ थापाथलीस्थित सडक पेटीमा रहेको ह्विलचेयरमा रौतहट चन्द्रपुर नगरपालिका–२ वेताउना घर भई हाल काठमाडौँ थापाथली बस्ने ३५ वर्षीय नारायण राम मङ्गलबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दिया, बाँसगढी नगरपालिका–२ रामनगर टोल बस्ने ४१ वर्षीय रामभागीरथ थारू सोही ठाउँस्थित खेतमा मङ्गलबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जङ्गली जनावरको लागि थापेको विद्युतीय धरापमा परी करेन्ट लागि मृत्यु भएको भन्ने बुझिएको प्रहरी समाचार बुलेटिनमा उल्लेख छ । प्रहरीले घटनाका विषयमा सोधपुछका लागि सोही ठाउँ बस्ने एक जनालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij