• Tuesday 8th of September 2026

गजुर राखिएपछी यस्तो सुन्दर देखियो रानीपोखरी(फोटो फिचर)


  • आशाका किरण
sf7df8f}F !% c;f]h M sf7df8f}Fsf] /fgLkf]v/Lsf] aLrdf /x]sf] afnuf]kfn]Zj/ dlGb/df laxLaf/ uh'/ k|lt:yfkgkl5 . lj=;++ @)&@ ;fnsf] e"sDkn] Iflt k'ofPsf] dlGb/ k'glgdf0f{sf] sfd clGtd r/0f df k'u]sf] 5 . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

ऐतिहासिक रानीपोखरीमा आज गजुर राखिएको छ । आज बिहान ८ बजेको साइतमा रानीपोखरीको बीच भागमा रहेको निर्माणाधीन बालगोपालेश्वर मन्दिरमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिएको हो । मुख्य गजुर १२३ किलोग्राम तौलको छ । तामाले बनेको हो गजुरको बाहिरी आवरण सुनले लेपन गरिएको हो । गोरखा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी अहिले लगभग निर्माण सम्पन्न भएको छ । यही दशैँअघि नै उद्घाटन गर्ने योजना राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ ।

काठमाडौँ १५ असोज : काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापन का लागि पूजा गर्दै । वि.संं २०७२ सालको भूकम्पले क्षति पु-याएको मन्दिर पुननिमार्णको काम अन्तिम चरण मा पुगेको छ । तस्बिर : रोशन सापकोटा÷रासस
काठमाडौँ १५ असोज : काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापन गर्दै । वि.संं २०७२ सालको भूकम्पले क्षति पु-याएको मन्दिर पुननिमार्णको काम अन्तिम चरण मा पुगेको छ । तस्बिर : रोशन सापकोटा÷रासस
काठमाडौँ १५ असोज : काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापनपछि । वि.संं २०७२ सालको भूकम्पले क्षति पु-याएको मन्दिर पुननिमार्णको काम अन्तिम चरण मा पुगेको छ । तस्बिर : रोशन सापकोटा÷रासस

अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताउनुभयो । शुरुमा काठमाडौँ महानगरपालिको पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन ।

अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो । भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् ।

पोखरीको निर्माण कार्य करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० (विसं १७२७÷ई.सं. १६७०) मा शिलापत्र राखिएको थियो । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार वटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij