• Saturday 25th of July 2026

सातदोवाटो–गोदावरी सडकखण्ड कालोपत्र गर्न ढल व्यवस्थापनको काम हुँदै


  • आशाका किरण

सातदोवाटो–गोदावरी सडकखण्डअन्तर्गत हरिसिद्धिको मूल सडकमा ढल व्यवस्थापनको काम भइरहेको छ । लामो समयदेखि अस्तव्यस्त र भद्रगोल सडकलाई व्यवस्थित बनाएर कालोपत्र गर्न सो खण्डमा उक्त काम धमाधम अघि बढेको हो ।

गोदावरी नगरपालिका–१४ ठैव सिमानादेखि ललितपुर महानगरपालिका–२९ हात्ती वनसम्मको सडकमा आकाशे पानीका साथै नाली निकास गर्ने ढल र पाइप हाल्ने काम भइरहेको वडा नं २९ का वडाध्यक्ष गणेशकुमार महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यस सडकखण्डमा आकाशको पानी पठाउने ठाउँ नहुँदा बढ्दै गएका खाल्डाखुल्डी र हिलोले कयौँ मोटरसाइकल लडेर दुर्घटना हुनेगथ्र्याे, अव्यवस्थित सडकलाई सुधार गरेर जनताको स्वास्थ्यलाई धुलोबाट पनि जोगाउन हामी लागि परेका छाँै ।” सो सडक मर्मतको काम सकिएसँगै तत्काल यथास्थितिमै कालोपत्र गरिने महर्जनले जानकारी गराउनुभयो ।

उक्त खण्डको खाली जग्गामा पर्खाल लगाएर हरिसिद्धिदेखि गोदावरीसम्ममै सडक अब कालोपत्रको काम अघि बढिरहेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनको भनाइ छ । उहाँले भन्नुभयो, “यही असोज १५ गतेदेखि यस सडकखण्ड सुधारको काम अघि बढेसँगै दैनिक यात्रा गर्ने वडा नं– १ गोदामचौर, नं २ विशङ्ख, नं ३ साविकको गोदावरी, नं बडिखेल, नं ५ लेले र नं १४ बाडेगाउँका वडावासीले वैकल्पिक मार्ग प्रयोग गरेर हामीलाई निकै सहयोग गरिरहनुभएको छ ।” उक्त सडकखण्डमा बिहान ६ः०० बजेदेखि राति ११ः०० बजेसम्म तीन चार डोजरका साथै कामदार खटिएर धमाधम आवश्यक काम गरिरहेका उहाँले बताउनुभयो ।

सो खण्ड भएर दैनिक यात्रा गर्ने जनताले वैकल्पिक मार्गका रुपमा ठैवचोकदेखि महालक्ष्मी नगरपालिकाको सानागाउँ अनि इमाडोल र हरिसिद्धि क्यान्सर अस्पताल पछाडिको मार्गका साथै चापागाउँ छिरेर धापाखेल निस्कने गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij