• Tuesday 8th of September 2026

यी चार बानी भएका व्यक्ति हुन्छन् अति समझदार


  • आशाका किरण

एजेन्सी । चाणक्य भारतीय व्यक्ति हुन्। तर उनको शिक्षा चाणक्य नीतिको रुपमा संसारभर प्रसिद्ध छन्। चाणक्यका भनाइ तथा उनका नीतिहरु निकै नै शक्तिशाली र प्रभावकारी छन् । चाणक्यका अनुसार, समझदार व्यक्तिले बोल्नुभन्दा अगाडी सोंच्छ।
आफ्ना तर्क तथा शब्दहरुको असर कस्तो पर्नेछ भन्ने ख्याल राखेर मात्र ऊ बोल्छ । त्यस्तै, उसले बोल्दा कोही व्यक्तिलाई अपमान गरेर या होच्याएर बोल्दैन।समझदार व्यक्ति कम बोल्छ । उसले अरु व्यक्तिले भनेका कुराहरु सुन्छ, ती कुराहरुको विश्लेषण गर्छ र बोल्छ।

समझदार व्यक्तिले विषय र परिस्थितिलाई बुझेर मात्र आफ्नो तर्क राख्छ। ऊ अरुसंग विवाद होइन तर्कसंगत कुरा गर्छ र अरु व्यक्तिको तर्कलाई सम्मान गर्छ। समझदार व्यक्तिले बोलीले जितेर आफूलाई ठूलो देखाउन चाहँदैन । ऊ केवल आफ्ना तर्कहरुलाई बलियो रुपमा प्रस्तुत गर्ने प्रयास गर्छ। उसले आफूलाई जानकारी नभएको विषयमा तर्क राखेर बहस गर्न खोज्दैन।

धेरैजसो मानिसमा एउटा व्यक्तिसंग अर्को व्यक्तिको कुरा काट्ने बानी हुन्छ। यो बानी सबैभन्दा खराब बानी हो। यस्तो बानीले आफू अर्को अगाडी नराम्रो बनिन्छ । सुन्ने मान्छेले सुनिदिएतापनि उसमा हाम्रो बारेमा नराम्रो छाप बस्छ।
आफूले एकजनासंग अर्को व्यक्तिको जसरि कुरा काटिएको छ, त्यसरी नै अर्को व्यक्तिले आफ्नो बारेमा कुरा काटेको हुनसक्छ । कुरा काट्ने व्यक्तिले आफ्नो व्यक्तित्वमा नै नराम्रो असर पारिरहेको हुन्छ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij