• Saturday 25th of July 2026

बागमारामा बढ्दो शहरीकरणलाई लक्षित गरी किरियापुत्री भवन निर्माण


  • आशाका किरण

पोखरा महानगरपालिका वडा नं ३३ बागमारामा बढ्दो शहरीकरणलाई लक्षित गरी महाकाली टोल विकास संस्थाको विशेष सक्रियतामा किरियापुत्री भवन निर्माण गरिएको छ ।

बढ्दो बजारीकरणसँगै वर्षेनी बस्ती विकासका क्रमले गति लिएको बागमारामा मृत्युपश्चात् गरिने काजकिरियामा सहयोग पु¥याउने लक्ष्यका साथ किरियापुत्री भवन निर्माण गरिएको हो । बागमाराको रात्ले पाखामा हरिप्रसाद गौतमको परिवारले भोगचलन गर्दै आएको लगभग चार आना जग्गा किरियापुत्री भवन निर्माणका लागि टोल विकास संस्थालाई सहयोग गरिएको किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष बलराम अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार कूल रु तीन लाख १५ हजारको लागतमा निर्मित भवनमा ट्रष्टसहित एक कोठा, स्नानगृह र शौचालय रहेको छ । “बजारीकरणसँगै विभिन्न पेशा व्यवसाय गर्ने व्यक्ति बागमारामा भाडामा बस्नेक्रम पनि दिनानुदिन बढिरहेको छ”, उहाँले भन्नुभयो, “भाडामा बस्दै आएका व्यक्तिलाई परिवारका कोही सदस्यको निधन भएका अवस्थामा काजकिरिया कहाँ बसेर गर्ने भन्ने समस्यामा पनि किरियापुत्री भवन सहयोगी बन्ने विश्वास लिएका छौँ ।”

भवनमा पानीको व्यवस्थापनलगायतका आवश्यक कुरा मिलाइएको उहाँले बताउनुभयो । भवन निर्माणका लागि महानगरपालिकाबाट रु ६० हजार, महाकाली टोल विकास संस्थाबाट रु ५० हजार, तोरीचौर आमा समूहबाट रु ११ हजार, महाकाली मन्दिर कोष र रात्ले खानेपानी उपभोक्ता समितिबाट रु १०÷१० हजार, तोरीचौर सामुदायिक वन उपभोक्ता समूहबाट रु पाँच हजार सहयोगका साथै स्थानीय जनसहभागिता रहेको निर्माण समितिले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij