• Saturday 25th of July 2026

चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न नेविसङ्घको माग


  • आशाका किरण

नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्नुभयो । “शान्तिपूर्ण आन्दोलनमार्फत वार्ताका माध्यमबाट गरिएको सहमति लागू नगर्ने प्रपञ्च रचेर पदाधिकारीको निर्देशनमा उपप्राध्यापकमाथि आक्रमण भएको हो”, उहाँले भन्नुभयो । सोे आक्रमण नेविसङ्घलाई बदनाम गराउन रचिएको षड्यन्त्र भएको अध्यक्ष ढुङ्गानाको भनाइ छ । “घटनासँग जोडेर घटना हुनुभन्दा दुई दिन अघिदेखि कोरोना सङ्क्रमित भएर आइसोलेसनमा बसेका विद्यार्थीको नामसमेत मुछेर गरिएको झुटो प्रचारप्रति दुःख व्यक्त गर्दै निर्दोष विद्यार्थीलाई लगाइएको झुटा मुद्दा खारेजीको माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

यही असोज २० गते त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि केन्द्रीय क्याम्पस परिसरमा भौतिक आक्रमण भएको थियो । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले प्राज्ञिक थलोलाई राजनीतिक थलो बनाउन नहुने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij