सुदर्शन बजगाई,आशाका किरण समाचार । सुन्दा अचम्म लाग्न सक्छ तर यथार्थमा रिजन खड्काले मासु र रक्सी पारखीहरुको लागि सामाजिक संजाल फेसबुकमा ग्रुप बनाएका छन् । रक्सी र मासुका पारखीले आफु घुम्न जाँदा अथवा घरमा बनाएको परिकार”सित्तन” पेज र ग्रुपमा राख्नुपर्ने ग्रुपको नियम रहेको छ ।
ग्रुपबाट पारखीहरुले प्लान गरेर सामुहिक रुपमा मज्जा समेत लिने गरेको सकृय सदस्य देवदुत अधिकारी बताउँछन् । देशभरका मासु र रक्सी पारखीलाई एक ठाउँमा ल्याउने समुहको उद्धेश्य रहेको समुहका एड्मिन रिजन खड्काले बताए ।
अब देशभरबाट कम्तिमा १ लाख सदस्य पुर्याउने लक्ष्य रहेको खड्काले बताए । समुहको अफ़िसियाल पेज र ग्रुपमा जोइन हुन रिजन खड्काले मासु र रक्सीको पारखीहरुलाई अनुरोध समेत गरेका छन्। मासु र रक्सी पारखीको लागी यो ग्रुप एउटा राम्रो चौतारी बन्ने देवदुत अधिकारीले बताए।
घरेलु उत्पादन र नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिने ग्रुपको लक्ष्य रहेको छ। मासु रक्सी ग्रुपलाई मेसेन्जर,फेसबुक,इन्स्टाग्राम,टिकटक र युट्युबमा भेट्न सकिन्छ। यसले आन्तरिक पर्यटनमा समेत प्रभाव पार्ने ग्रुपको विश्वास छ। विभिन्न नयाँ ठाउँको र परिकारको जानकारी समेत ग्रुप बाट प्राप्त गर्न सकिन्छ।
यो पनी हेर्नुहोस् :
