सुदर्शन बजगाई,आशाका किरण समाचार । २०७७ असोज २६ गते कोरोना लागेर मृत्युवरण गरेकी ६० वर्षीय छिरिङ डोमा शेर्पाको शव कसैले उठाउन मानेनन् । पटक पटक सम्पर्क गर्दा समेत एम्बुलेन्स नअएपछी टोलमा सन्नाटा छायो । महामारीको बेला त्यसमाथी कोरोनाकै संक्रमितको मृत्यु भएपछि धेरै शव व्यवस्थापनमा आउन चाहेनन् ।
महानगरीय प्रहरी बिट नयाँबस्ती कुमारी भैरब चोकका प्रमुख सोम श्रेष्ठले फोन गरेपछि गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्याल अर्याल गाउँ नजिक रहेको बस्तीमा गएका थिए । उनले राज्य सम्यन्त्रलाई गुहारे तर राज्यको संयन्त्र आउन ढिला हुनेभएपछी आफ्नै वडाको भैपरी आउने बजेट खर्च गरी एम्बुलेन्सको जोहो गरेर शवको व्यवस्थापन गरेका थिए ।
आफुले जिताएर पठाएको जनप्रतिनिधिले आफ्नो काम समयमै गरेपछि वडावासी दंग परेका थिए । वडा अध्यक्षले समयमै शवको व्यवस्थापन नगरेको भए टोलमा झन् त्रास बढ्ने थियो,एक स्थानियले बताए । वडा अध्यक्षको अग्रसरतामा गो.न.पा.का स्वास्थ शाखा प्रमुख हरिप्रसाद उपाध्यायले साथ दिएका थिए । उद्धार गरेपछि आशाका किरण मिडियासंग कुरा गर्दै रमेश अर्यालले गोकर्णेश्वर नगरपालिकाभरमा वडा नम्बर ६ मा संक्रमितको संख्या दिनानुदिन बढ्दै गएकोले वडाबासीलाई उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेका छन् ।
अर्यालले अनावश्यक भिडभाड नगर्न,अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, साबुनपानीले मिचिमिची हात धुन र स्यानिटाइजरको प्रयोग गर्न अनुरोध समेत गरेका छन् । कोरोनालाइ सामान्य रुपमा लिँदा यसले भयभाह रुप लिएकोले वडाबासीलाई सरकाले जारी गरेको स्वास्थ मापदण्ड पालना गर्न गराउन निर्देशन समेत दिनुभयो ।
आवस्यक साबधानी नअपनाउँदा र नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ मापदण्ड कडाईका साथ पालना नगर्नाले कोरोनाका कारण दिनहुँ हजारौंको संख्यामा संक्रमित बढ्दै गएका छन् ।

कोभिड–१९ को उपचार थप प्रभावकारी बनाइने
वाग्मती प्रदेश सरकारले कोभिड–१९ बाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि उपचार सेवा थप प्रभावकारी बनाउने रणनीति अघि सारेको छ । वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेशभरी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि कोभिड उपचार सेवालाई थप प्रभावकारी बनाउने योजना अघि बढाएको हो ।
जसअनुसार मन्त्रालयमार्फत प्रदेश भरी रहेका सरकारी र सामुदायिक गरी ३० वटा स्वास्थ्य संस्थामा आइसोलेसन केन्द्र सञ्चालनका लागि विनियोजित रु १५ करोड ८१ लाख रकममध्ये तत्कालका लागि ५० प्रतिशत रकम स्वास्थ्य संस्थामा पठाइसकिएको महाशाखा प्रमुख सतिश विष्टले जानकारी दिनुभयो । जसमध्ये न्यूनतम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रसुवालाई रु एक लाखदेखि अधिकत्तम स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र हेटौँडालाई रु सात करोड ६५ लाखसम्म विनियोजन गरिएको थियो ।
विनियोजीत रकममध्ये ती स्वास्थ्य संस्थामा तत्कालका लागि ५० प्रतिशत रकम पठाइसकिएको छ । थप ५० प्रतिशत रकम स्वास्थ्य संस्थाको कार्य प्रगतिका आधारमा पठाइने योजना रहेको महाशाखा प्रमुख विष्टले जानकारी दिनुभयो । यस प्रदेश मातहतको त्रिशूली अस्पताल तथा धादिङ अस्पतालमा १० श्ययाको भेन्टिलेटरसहित आइसियु थप गरी सञ्चालनका लागि दुईवटै अस्पताललाई रु दुई/दुई करोड विनियोजना गरिएकाले सोको व्यवस्थापन कार्य अघि बढाएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
यसैगरी वाग्मती प्रदेश मातहतका सबै अस्पतालमा थप श्यया विस्तारका लागि पत्राचार गरी कार्य शुरु गरिएको जनाइएको छ । यता प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा तत्काल आइसियु र भेन्टिलेटर सेवाका लागि आवश्यक पर्ने करिब एक जना स्वास्थ्यकर्मी जनशक्ति थप गर्ने तयारी गरिएको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिनुभयो ।
प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार यस वाग्मती प्रदेशमा करिब तीन हजार सङ्ख्याको हाराहारीमा सरकारी स्वास्थ्यकर्मी कोभिड–१९ रोकथाम बचावट साथै बिरामीको उपचारमा प्रत्यक्षरुपमा क्रियाशील छन् ।
वाग्मतीको अवस्था
सामाजिक विकास मन्त्रालयका अनुसार सोमबारसम्मको तथ्याङ्कअनुसार यस प्रदेशमा देशको कूल सङ्क्रमणको करिब ४६.५२५ प्रतिशत रहेको छ भने मृत्युको अनुपात यस प्रदेशमा तुलनात्मकरुपमा बढिरहेको छ । मृत्यु हुनेमा बढ्दो उमेर र दीर्घरोगीको देखिएको छ ।
यस प्रदेशमा पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा बढेको हुनाले हाल उपचाररत बिरामीको सङ्ख्या निको भएकाभन्दा तुलनात्मकरुपमा बढी देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
