• Tuesday 3rd of November 2026

सार्वजनिक सवारी साधनमा यात्रु ठगिँदै


  • आशाका किरण
Stranded passenger vehicles are parked due to bundh called by various small parties, at old Buspark, Ratnapark, Kathmandu on Monday.Photo: THT/ File

प्रदेश नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले यात्रुलाई ठगिरहेका छन् । सरकारले तोकेको स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु राखेर ५० प्रतिशतभन्दा बढी भाडा लिन थालेका छन् ।

सवारी साधनमा भाडा दररेट नराखिएको, सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिएको तथा भाडामा ५० प्रतिशत वृद्धि गरेर लिने गरेको यात्रु कवीर महतोले बताउनुभयो । अनुगमन गर्ने निकाय मौन रहेको महतोको आरोप छ ।

सो क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुदेखि चालकसम्मले स्वास्थ्य मापदण्डको पालना नगरेको पाइएको छ । मन लागेको बेला मात्र ट्राफिक प्रहरीले सवारी साधन रोकेर यात्रुका गुनासो सुन्ने गरेका छन् । समस्या समाधानतर्फ कसैको ध्यान नदिएको अर्का यात्रु प्रकाश पोख्रेलले बताउनुभयो ।

सरकारले सार्वजनिक यातायातमा सिट क्षमताअनुसार नै यात्रु राख्न पाउने नियम लागू गरी पुरानै भाडादर कायम गरे पनि वीरगञ्ज–जनकपुर चल्ने सवारी साधनले ५० प्रतिशतभन्दा बढी भाडा असुल्दै आएका छन् । सवारी साधनको जाँचलाई निरन्तरता दिएको, यात्रुका समस्या समाधानका लागि प्रदेशका सबै जिल्लाका सबै स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको, ट्राफिक नियम विपरीत चल्ने सवारी साधनलाई आवश्यक ट्राफिक नियमानुसार कारबाही गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नं २ पथलैयाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो । प्रदेश नं २ का आठवटै जिल्लाका लोकमार्ग, भित्री सडकखण्ड, सीमानाकामा गरी ७९ ट्राफिक प्रहरी युनिट रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij