• Saturday 25th of July 2026

सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द


  • आशाका किरण

प्रतिनिधिसभाका सांसद एवं तत्कालीन पोखरा नगर पञ्चायतका निर्वाचित प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उहाँको सम्मानमा आज पोखरा महानगरको सेवा बन्द गरिएको छ ।

महानगरपालिकाले एक विज्ञप्ति जारी गरी स्व केसीको सम्मानमा महानगर नगर कार्यपालिका कार्यालय र सबै वडा कार्यालय बन्द रहने जनाएको छ । विज्ञप्तिमा केसीको निधनले महानगरपालिकालाई स्तब्ध बनाइएको र प्रतिष्ठित उद्योगीका रुपमा परिचित रहनुभएका उहाँले पोखराको विकासमा पु¥याउनुभएको योगदानलाई सदा स्मरण गरिने उल्लेख छ ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद केसीको कात्तिक १७ गते राति १० ः ३० बजे ६३ वर्षको उमेरमा आफ्नै निवास मुस्ताङचोकमा निधन भएको थियो । सांसद केसी पोखराको प्रतिष्ठित उद्योगीसमेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij