• Saturday 25th of July 2026

मानव बेचविखन गर्न भारततर्फ लैजादै गर्ने क्रममा तीन युवतीसहित सात पक्राउ


  • आशाका किरण

धनगढीको बसपार्कमा सञ्चालित एक होटलबाट तीन युवतीसहित सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले गएराति बसपार्कस्थित न्यु बडिकेदार होटलका सञ्चालक टेकेन्द्र बडैलासहित सात जनालाई पक्राउ गरिएको हो ।

बेचविखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । उहाँका अनुसार १७, १८ र १९ वर्षीया युवती र होटल सञ्चालक बडैलासहित चार जना पुरुषलाई पक्राउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१६ जुवाडे पक्राउ

इलाका प्रहरी कार्यालय लम्की कैलालीले जुवातास खेलिरहेका अवस्थामा रु ५२ हजारसहित १६ जनालाई पक्राउ गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–७ स्थित कुस्माखर देवकोटाको पक्कीघरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी निरीक्षक भरतबहादुर शाहको कमाण्डमा खटिएको टोलीले आज उनीहरुलाई रु ५२ हजार ३९५ सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–४ का मनिप्रकाशकुमार जैसी, गणेशप्रसाद न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, रमेश विष्ट, कमलप्रशाद जैसी, दयाराम न्यौपाने, भानुप्रसाद जैसी, ईश्वर शर्मा, नरदेव चौलागाई, लम्की चुहानगरपालिका–७ का देवेन्द्र रावत, तारा ढकाल, रुपानन्द बजगाई, रामबहादुर चौधरी, लक्ष्मी आचार्य, जनक भण्डारी, कुष्माखर देवकोटा रहेका छन् ।

पक्राउ गरेका व्यक्तिहरुमाथि थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । यसैगरी प्रहरीले जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कैलालीले ११ वर्ष कैद सजाय तोकी फरार रहेको एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पीडित भजनी नगरपालिका–५ का दीर्घबहादुर कामी रहेका छन् । कामी तीन वर्षदेखि जबरजस्ती करणी मुद्दामा फरार रहेका थिए । उनलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत कैलालीमा दाखिला गरेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij