• Saturday 25th of July 2026

चुनौतीमा अवसर खोज्न ‘हन्ड्रेड आवर्स’


  • आशाका किरण
k|bz{gLdf lrq x/]s zlgaf/ lrqsf/x?n] sf7df8f}Fsf ljleGg If]qdf k'u]/ ul/Psf] …:ynut lrqsnf sfof{zfnfdfÚ agfO{Psf lrqx? g]kfn snf kl/ifbdf k|bz{gLsf qmddf M pQm lrqx? oxfF ;ft lbgsf nflu k|bz{g ul/Psf] lyof] . t:jL/ M gf/fo0f 9'ªufgf, /f;;

कोभिड–१९ को सङ्क्रमण यतिबेला विश्वव्यापी महामारीका रुपमा फैलिँदो छ । यस्तो विषम परिस्थितिमा नेपालका चित्रकार कोरोनाको चुनौतीलाई अवसरमा बदल्ने तयारी गरिरहेका छन् । सङ्कटका बीच विश्व अभिलेख राख्ने उद्देश्यसहित चित्रकलाकर्मी ‘हन्ड्रेड आवर्स’ ललितकला कार्यशाला गर्न जुटेका हुन् ।

कोभिड–१९ सङ्क्रमण र यसले निम्त्याएको मानवीय समस्यालाई विश्वमा एक भएर लड्न आह्वान गर्दै यही कात्तिक २३–२७ गतेसम्म लगातार १०० घण्टासम्म कार्यशाला आयोजना गर्न लागिएको कार्यक्रम संयोजक अन्तर्राष्ट्रिय जलरङ समाज ९आइडब्लुएस० नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार आवश्यक सावधानी र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै यही आइतबारदेखि अनलाइन कला कार्यशाला गर्न लागिएको छ । “चुनौतीको सामना गर्न हरकोही जस्तोसुकै अवस्थामा पनि तयार रहनुपर्ने सन्देश नेपालका कलाकारले कार्यशालामार्फत विश्वलाई दिनेछौँ”, उहाँले भन्नुभयो ।

समाजकै नेतृत्वमा हुन लागेको कार्यक्रमको आवश्यक तयारी पूरा भएको छ । एक सय घण्टा निरन्तर चल्ने कार्यशालामा कलाकारका कुचीले जलरङका चित्र कोर्नेछन् । “प्रचारप्रसारदेखि कलाकार समन्वय, समय व्यवस्थापन तथा प्रविधिको अभ्यासका गतिविधि सबै पूरा भएको छ, जिल्लाजिल्लाबाट समूहगत रुपमा कलाकार सहभागि हुनेछन्, एउटा कला महोत्सवकै रुपमा हामीले लिएका छौँ”, संयोजक गुरुङले तयारी बारे सुनाउनुभयो ।

कार्यशालाका लागि ७३ कलाकार छनोट गरिएको छ । एक कलाकारले दुई घण्टा चित्र सिर्जना गर्नेछन् । बीचमा आउन सक्ने अवरोधका लागि जगेडा कलाकारको व्यवस्थापन गर्न २३ कलाकार थप गरिएको छ । “कुनै कलाकार कारणवश सहभागी हुन पाएनन् भने जगेडा कलाकार राखेर कार्यशाला गर्न लागिएको छ”, गुरुङले भन्नुभयो, “विद्युत् नभएको अवस्थामा समेत वैकल्किप व्यवस्था गरिएको छ ।”

कार्यशालाको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङबाट उद्घाटन गर्ने कार्यक्रम तय भइसकेको जनाइएको छ । नेपाल ललितकला प्रज्ञा ९प्रतिष्ठान ९नाफा०मा उद्घाटन समारोह हुनेछ भने ‘भर्चुअल’मार्फत ठाउँठाउँबाट कलाकार सहभागी हुनेछन् । पहिलो मुहारचित्र मन्त्री गुरुङकै हुनेछ । नाफाका कुलपति कान्छाकुमार कर्माचार्यले उहाँको मुहारचित्र कोर्नुहुनेछ । अन्तिममा अग्रज कलाकार मदन चित्रकारले चित्र सिर्जना गरेर समापन गरिने जनाइएको छ । विभिन्न जिल्लाबाट समूहगत रुपमा कलाकार जोडिनेछन् ।

प्रदेश १ मा महेन्द्र राई, प्रदेश २ मा मुकेश महतो, वाग्मती प्रदेशमा प्रकाश थापा, गण्डकी प्रदेशमा मनोज तामाङ र लुम्बिनी प्रदेशमा सुमित्रा रानाले नेतृत्व गर्नुहुनेछ । ठाउँठाउँबाट कलाकारले समूहमा बसेर चित्र कोर्नेछन् । सहभागीमध्ये झण्डै आधा कलाकार काठमाडौँ उपत्यकाबाट सहभागी हुने जनाइएको छ ।

चितवन र नवलपुर क्षेत्रको नेतृत्व गर्नु भएका कलाकार प्रकाश थापाले यहाँको मौलाकालिका मन्दिरमा बसेर १० कलाकार २५ गते रातभर नै कार्यशालामा जोडिने तयारी भइरहेको जानकारी दिनुभयो । जलरङका कलाकार ललितकलाका क्षेत्रमा विश्व अभिलेख राख्ने तयारीमा जुटेकामा खुशी व्यक्त गर्दै कुलपति कर्माचार्यले भन्नुभयो, “विश्व रेकर्ड भयो भने राष्ट्रकै लागि महत्वपूर्ण उपलब्धि हो, त्यो भएन भने पनि नेपालका लागि एउटा गौरव गर्नलायक पक्कै हुन्छ ।”

उक्त कार्यक्रमले कोरोनाको बेलामा कलाकारलाई सक्रिय बनाउने र नेपालको कलासंस्कृतिलाई विश्वमाझ पु¥याउन योगदान गर्ने विश्वास लिइएको छ । कला समीक्षक रमेश खनाल यसले नेपाली ललितकला र त्यसमा काम गर्ने कलाकारलाई विश्वसामु चिनाउने र नेपाली कलाको शिर ठाडो पार्ने विश्वास व्यक्त गर्नुहुन्छ ।

आइडब्लुएसका विश्व अध्यक्ष अतानुर डोगनले नेपालले ऐतिहासिक कार्यक्रमको नेतृत्व गरेकामा खुशी व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ । उहाँले नेपालको कला संस्कृतिको प्रत्यक्ष अवलोकनका लागि आतुर रहेको समेत बताउनुभयो । कार्यशालामा बनेका कलाकृतिको प्रदर्शनी, सहभागी कलाकारको चिनारी पुस्तक प्रकाशन र भिडियो प्रदर्शनीसमेत गरिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij