• Saturday 25th of July 2026

रासस बलियो हुँदा राज्य बलियो हुन्छ : रासस अध्यक्ष


  • आशाका किरण
/f;;sf cWoIf clwsf/L kbef/ u|x0f /fli6«o ;dfrf/ ;ldlt -/f;;_sf gjlgo'Qm sfo{sf/L cWoIf xl/x/ clwsf/L -Zofdn_ /f;; s]Gb|Lo sfof{no l;+xb/af/df cfOtaf/ kbef/ u|x0f ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले रासस बलियो भए मात्र राज्य बलियो हुने बताउनुभएको छ । “रासस बलियो हुँदा मिडियामा सकारात्मक प्रभाव परी राज्य बलियो बन्न सहयोग पुग्छ”, रासस नेपालगञ्ज कार्यालयको आज अवलोकन तथा अनुगमन गर्दै अध्यक्ष अधिकारीले भन्नुभयो,“रासससँग सबै मिडिया जोडिएको हँुदा सकारात्मक विषयलाई महत्व दिएर सम्प्रेषण गर्न आवश्यक छ ।”

अध्यक्ष अधिकारीले राससले सरकार र जनताबीचमा पुलको काम गरेको जनाउँदै राज्यलाई बलियो बनाउनका लागि निर्भीक र निडर भएर काम गर्न राससकर्मीसँग आग्रह गर्नुभयो । समाजभित्रका विभेदविरुद्ध आवाज उठाएर आवाजविहीनको आवाज राससलाई बनाउनुपर्ने जनाउँदै उहाँले सोहीअनुसारका समाचारलाई प्राथमिकता दिनसमेत आग्रह गर्नुभयो ।

राससका समाचार आधिकारिक र सन्तुलित हुने भएकाले यसको महत्व बढेको पनि उहाँले बताउनुभयो । कर्णाली प्रदेश पुगेर काठमाडौँ फर्किने क्रममा रासस नेपालगञ्ज कार्यालयको अवलोकनमा आउनुभएका अध्यक्ष अधिकारीसँगै राससका मुख्य व्यवस्थापक उत्तम सिल्वाललगायत कर्मचारीको सहभागिता थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij