• Saturday 25th of July 2026

जुवाखालबाट एक लाखसहित आठ जुवाडे पक्राउ


  • आशाका किरण

सुर्खेतमा जुवा खेलिरहेको अवस्थामा जुवाखालबाट रु एक लाखसहित आठ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत तातोपानी जुम्ला रोडस्थित शक्तिराम रोकायले सञ्चालन गरेको तीनतोली होटलबाट गए राति आठ जनालाई जुवाखालबाट पक्राउ गरेको हो । उनीहरुबाट दुईगड्डी तास र प्लाष्टिकको एक थान चटाइसहित रु एक लाख तीन हजार ५३५ बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत निवासी ४२ वर्षीय चक्रबहादुर शाही, ४० वर्षीय जीवनबहादुर शाही, ३० वर्षीय तपेन्द्र र नवीन शाही, ३३ वर्षीय बजीर शाही, ४३ वर्षीय गणेश तथा भीमबहादुर शाही र ४६ वर्षीय कटक शाही रहेका छन् । उनीहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२५ बमोजिम जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नमिल्ने जुवासम्बन्धी कसुरअन्तर्गत पाँच दिनको म्याद थप गरी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij