• Friday 24th of July 2026

गोकर्णका युवालाई स्वरोजगारमूलक तालीम


  • आशाका किरण

गोकर्णेश्वर नगरपालिका र काठमाडौँ युनेस्कोको संयुक्त आयोजनामा नगर क्षेत्रका युवालाई स्वरोजगारमूलक तालीम दिइएको छ । गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक सामुदायिक वन क्षेत्रमा आयोजना गरिएको तालीममा मोबाइल मर्मतमा १८ र फर्निचरका सामग्री निर्माणमा १२ जना सहभागी भएका थिए । तीनमहिने तालीम लिएका प्रशिक्षार्थी स्वरोजगार बन्नसक्ने प्रमाणपत्र वितरण समारोहमा जानकारी दिइयो ।

प्रमाणपत्र वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पहिलो चरणमा प्रारम्भिक प्रशिक्षण लिएकालाई पुनर्ताजगी तालीमसमेत दिएर आत्मनिर्भर बनाइने प्रतिबद्धता जनाउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव बाबुराम अधिकारी, यज्ञडोल (जगडोल) सामुदायिक वन सामुदायिक वन समूहका अध्यक्ष सुदर्शन सिग्देल, प्रशिक्षक डा सुमित अधिकारी लगायतले युवालाई स्वरोजगार दिनसके विदेश पलायन नहुने भएकाले यस्ता कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

कोरोना भाइरसको महामारीका बेला तालीममा सहभागी भएको भन्दै युनेस्को काठमाडौँले चामल, दाल, तेल, नून, साबुनलगायत सामग्री राहतस्वरुप हस्तान्तरण गरेको थियो । फर्निचरका प्रशिक्षार्थीले सामुदायिक वन समूहलाई जिल्ला वन कार्यालय काठमाडौँले उपलब्ध गराएको दुई वटा यन्त्र उपयोग गरी काम गर्ने सो अवसरमा जानकारी दिइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij