प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल जस्तो कोरोना भाइरस संक्रमणको पीडा दोहोरिन नपाओस् भनेर कामना गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज बिहान देशबासीको नाममा सम्बोधन गर्दै कोरोना फैलिन नदिन सजग हुनुपर्ने बताउनुभयो ।
गत कात्तिकदेखि कोरोना नियन्त्रणमा आएको भएपनि फेरि अगाडि बढ्न थालेकोले सचेत रहन उहाँले आग्रह समेत गर्नुभयो ।
सरकारले जारी गरेका मापदण्डको पालना गर्न र चिकित्सकका परामर्श शिरोधार्य गरेर अगाडि बढ्न प्रधानमन्त्री ओलीले सबैमा अनुरोध समेत गर्नुभएको छ ।।
