बैंकहरुले कोरोना भाइरस विरुद्धको खोप लगाएका मानिसहरुका लागि बढी ब्याजदरको समेत घोषणा गर्न थालेका छन् । भारतको सरकारी बैंक सेन्ट्रल बैंक अफ इन्डियाले नयाँ स्किम सार्वजनिक गर्दै खोप लगाएकालाई मुद्धती खातामा एक चौथाई बढी ब्याज दिने बताएको हो ।
तीन वर्ष भन्दा बढी अर्थात एक हजार एक सय ११ दिनको लागि मुद्धती खातामा निक्षेप गर्नेहरुका लागि यो योजना अघि सारिएको हो ।
खोप नलगाएका मानिसहरुले यसरी बढी ब्याजदरमा मुद्धती खातामा पैसा राख्न पाउने छैनन् ।
