• Sunday 1st of November 2026

प्रधानमन्त्री ओलीको सम्बोधन : विकासको फेहरिस्त प्रस्तुत


  • आशाका किरण

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष वृद्धभत्ता अझ बढ्ने बताउनुभएको छ ।
नयाँ वर्ष सुभारम्भ भएको अवसरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नयाँ वर्ष २०७८ वर्ष सुरूआत भएको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले २०५१ सालमा (तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले) महिनाको सयबाट सुरु गरिएको वृद्धभत्ता अहिले महिनाकै सयमा पुगेको उल्लेख गर्नुभयो ।

त्यसैगरी, प्रधानमन्त्री ओलीले २०७७ साल जस्तो कोरोना भाइरस संक्रमणको पीडा दोहोरिन नपाओस् भनेर कामना गर्नुभएको छ ।
गत कात्तिकदेखि कोरोना नियन्त्रणमा आएको भएपनि फेरि अगाडि बढ्न थालेकोले सचेत रहन उहाँले आग्रह समेत गर्नुभयो ।

त्यस्तै, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतामा आशा जगाउने कामहरु गरेको बताउनुभयो ।
जनतालाई निराश बनाउने प्रयासहरु भए पनि सरकार त्यसबाट विचलित नभएको उहाँको धारणा छ ।

हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काउन सरकार सफल भएको पनि उहाँको जिकिर थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij