लामो अवधिको ग्रह (बृहस्पति–शुक्र) अस्तका कारण यो वर्ष माघ र फागुनमा विवाह–व्रतबन्धका मुहूर्त्त (साइत) थिएनन् । यो वर्ष समय नमिलेर विवाह गर्न नपाएकाका लागि खुशीको खबर !
२०७८ वैशाख ५ गते शुक्र उदय भएसँगै १० गतेदेखि नै विवाहका साइत निस्केका छन् ।
भर्खरै बजारमा आएका नेपाल पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार वैशाखमा १०, ११, १७ र २४ गते विवाहका साइत छन् ।
जेठ— ७, ८, १०, १५, २०, २१ र २२ गते
असार— ४, ५, ६, ७, १०, १२, १७, १८ र ३१ गते
मंसिर— ५, १२, १३, १४, १९, २५, २६ र २७ गते
माघ— ८, ११, १३, २२, २३, २७ र २८ गते
फागुनमा भने ६ गते एक दिन मात्र साइत रहेको छ । किनभने फागुन १० गते बृहस्पति ग्रह अस्त हुनेछ ।
व्रतबन्धका मुहूर्त्त
जेठ— ५ गते
असार— ६, ७ र २७ गते
माघ— २० र २८ गते
चैत— २०, २३, २८ र ३० गते
